धर्मश्री शरीरिक सुगठनको १६ औँ संस्करणको मुख्य प्रायोजक काठमाडौं महानगर

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ २३ वैशाखमा हुनेछ। प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्।

नेपालभ्युज

धर्मश्री शरीरिक सुगठनको १६ औँ संस्करणको मुख्य प्रायोजक काठमाडौं महानगर

काठमाडौं। नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औँ धर्मश्री शरीरिक सुगठन प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ।

सोमबार पत्रकार सम्मेलनमा आयोजक तथा नेपाली खेलकुद क्षेत्रमा सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले काठमाडौं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो।

त्यसैगरी, २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ २३ वैशाखमा हुनेछ।

प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोभन्दा माथि तौल समूहमा ४०० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

१६ औँ धर्मश्रीका विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। नेपाली खेलकुदको क्षेत्रमा व्यक्तिगत विधातर्फ यो नै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिता हो। यस अघिको संस्करणमा विजेताले पाँच लाख पाएका थिए।

२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं शहीद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ।

पहिलो र दोश्रो संस्करणमा तौल समूहको मात्र प्रतियोगिता गर्दै आइरहेकोमा तेश्रो संस्करण २०५० सालदेखि प्रत्येक तौल समूहका विजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्मश्री विजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको थियो।

यो १६ औँ संस्करणमा महिला तथा पुरुष फिजिक्स बिधाको रुपमा नयाँ बिधालाई थप गरिएको छ।

प्रत्येक बिधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुको बीचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिने छ। प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved