सिर्जना सिंहका कार्यकर्ताद्वारा स्कुटरमा सवार यात्रुमाथि दुर्व्यवहार

नेपालभ्युज

सिर्जना सिंहका कार्यकर्ताद्वारा स्कुटरमा सवार यात्रुमाथि दुर्व्यवहार

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहको चुनावी र्‍यालीमा हिँडेका केही व्यक्तिले नागपोखरीमा स्कुटरमा हिँडेका व्यक्तिलाई हातपात गरेका छन्।

र्‍यालीमा हिँडेकाहरूले बाटो नछाडेपछि स्कुटरमा रहेका चालकले हर्न बजाएका थिए। र्‍यालीमा हिँडिरहेका एक जनाले हर्न किन बजाएको भनी प्रश्न गरेपछि दुबैबीच मुख छाडाछाड भएको थियो। त्यसपछि र्‍यालीमा उपस्थित ती व्यक्तिले स्कुटरमा रहेका ती व्यक्तिमाथि हातपात गरेका थिए।

यसरी हातपाल भएपछि र्‍यालीमा उपस्थित अन्यले छुट्याएका थिए। तर स्कुटरमा सवार ती पुरुष र महिलाले औंला देखाउँदै हिडेपछि र्‍यालीमा भएका पुरुषले पनि मुख छोड्दै पर परसम्म लखेटेका थिए। कुटपिट नै भएपछि र्‍यालीमा केही खैलाबैला भएको थियो। तर भोट माग्दै घरदैलो हिँडेकी मेयरकी उम्मेदवार र्सिजना भने आफ्ना कार्यकर्ताले गरेको यस्तो हर्कतबाट भने बेखबर थिइन्।

No description available.

र्‍यालीमै हिँडेका एक जना वृद्धले भने हर्न बजाउन नपाइने भन्दै घटनामा आफूहरूको दोष नरहेको जिकिर गर्दै थिए। “हातमा कांग्रेसको झण्डा देख्नेबित्तिकै रिस उठेर हर्न बजायो होला, पिटेर राम्रो गर्‍यो,” उनले भनेका थिए।

कांग्रेस कार्यकर्ताले पूरै मुख्यबाटो नै छेक्ने गरी र्‍याली निकालेका थिए। जसले गर्दा बटवालाई सकस भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved