घरदैलो अभियानमा पानीबाहेक उपहार नलिने स्थापितको घोषणा

स्थापितले आफूले चुनाव जितेपछि महानगरको जनताका काम सबैभन्दा सजिलोसँग गर्ने बताए। उनले भने, “‘सम्वाद गर्ने, यो यो भनेर माग गर्ने । यति देलाकि नदेला भनेर सानो पाराले नगर्ने है !”

नेपालभ्युज

घरदैलो अभियानमा पानीबाहेक उपहार नलिने स्थापितको घोषणा

काठमाडौं। नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहेका केशव स्थापितले पानी बाहेक केही पनि उपहार नलिने बताएका छन्।

आइतबार मे दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा स्थापितले आफूले निर्वाचन प्रचारका क्रममा पिउने पानी बाहेक कुनै पनि उपहार नलिने घोषणा गरेका हुन्।

स्थापितले आफू महानगरको मेयर भएपछि आधारभूत कुराहरु पहिला पूरा गरेर प्रशासनिक सुधार थाल्ने बताएका छन्। सप्रमाण भ्रष्टाचार गरेको भनेर नागरिक आए ठाउँका ठाउँ कारबाही गर्ने पनि बताए ।

स्थापितले घरदैलोको बेला साना साना योजनाहरुको विषयमा माग नराख्न पनि आग्रह गरेका छन्। उनले प्रष्टसँग आवश्यकतासहितका योजनाहरु माग गर्न भनेका छन्।

स्थापितले आफूले चुनाव जितेपछि महानगरको जनताका काम सबैभन्दा सजिलोसँग गर्ने बताए। उनले भने, “‘सम्वाद गर्ने, यो यो भनेर माग गर्ने । यति देलाकि नदेला भनेर सानो पाराले नगर्ने है !”

स्थापितले मेयर बनेपछि गर्नका लागि आफूसँग शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौँ योजना भएको भन्दै ती योजना कार्यान्वयन भए लाखौँले रोजगारी पाउने र काठमाडौंको मुहार फेरिने दाबी पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved