स्थानीय निर्वाचन

धनुषामा प्रमुख पदका ४ सहित १०९ जनाले लिए उम्मेदवारी फिर्ता

उपमहानगरका मेयर पदका दुई, नगरपालिकाका मेयर पदका दुई र गाउँपालिकाका अध्यक्ष पदका एक उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

धनुषामा प्रमुख पदका ४ सहित १०९ जनाले लिए उम्मेदवारी फिर्ता

जनकपुरधाम। धनुषामा मेयर पदका चार उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका मेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेका छन्। जसमध्ये उपमहानगरका मेयर पदका दुई, नगरपालिकाका दुई मेयर र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जनकपुरधाममा उम्मेदवारी दिएकाहरूमध्ये मेयर पदका दुई जनासहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। यहाँ मेयर पदमा उम्मेदवारी दिएका वैधनाथ साह, नन्दकुमार भगत, उपमेयरका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्यले मनोनयन फिर्ता लिएका हुन्।

मिथिला नगरपालिकामा मेयर पदका २ उम्मेदवारसहित ११ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले बताए। मेयरमा नेकपा एमालेबाट बागी भएर उम्मेदवारी दिएका निवर्तमान मेयर हरिनारायण महतो र जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिएका छन्। वडाध्यक्ष पदका पाँच र वडा सदस्य पदका चार जनाले पनि उम्मेदवारी फिर्ता लिएका हुन्।

यस्तै, धनुषाधाम नगरपालिकामा एक उपप्रमुखको उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत चिरञ्जिवी गौतमले जानकारी दिए। लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी मेनका कुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

बटेश्वर गाउँपालिकामा एक अध्यक्षका उम्मेदवारसहित तीन जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए। अध्यक्ष पदका उम्मेदवार खलेन्द्रबहादुर कटुवाल र वडाध्यक्षका एक तथा दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।

धनौजी गाउँपालिकामा अध्यक्षका एक उम्मेदवारसहित तीन जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत पोषराज खनालले बताए। अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल र दुई जना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।

विदेह नगरपालिकामा पाँच जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत अनुज भण्डारीले जानकारी दिए। विदेहमा वडाध्यक्ष पदका दुई र महिला सदस्यका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

हंसपुर नगरपालिकामा एक सदस्य र एक दलित सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैला नगरपालिकामा ६ जना वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी दिए।

क्षीरेश्वरनाथ नगरपालिकामा वडाध्यक्ष पदका तीन, सदस्य चार, दलित महिला सदस्य दुई र महिला सदस्य एक गरी १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने शहीदनगर नगरपालिकामा सात जनाले उम्मेदवारी फिर्ता लिएका छन्। वडाध्यक्ष पदका एक, सदस्य दुई, दलित सदस्य दुई र महिला सदस्य दुई जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिए।

यस्तै, नगराइन नगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए। नगराइनमा वडाध्यक्ष पदका चार, सदस्य सात र महिला सदस्य पदका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

मिथिला विहारी र कमला नगरपालिकामा वडाध्यक्ष पदका एक÷एक जनाले उम्मेदवारी फिर्ता लिएका छन्। गणेशमान चारनाथ नगरपालिकामा भने तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा तीन जना, औरही गाउँपालिकामा तीन वडाध्यक्षसहित सात जना, लक्ष्मिनियाँ गाउँपालिकामा आठ र जनकनन्दिनी गाउँपालिकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved