विराटनगरमा मेयरका तीनसहित २३ जनाले उम्मेदवारी फिर्ता लिए

नेपालभ्युज

विराटनगरमा मेयरका तीनसहित २३ जनाले उम्मेदवारी फिर्ता लिए

विराटनगर। आसन्न स्थानीय निर्वाचनका निम्त्ति विराटनगर महानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। मेयर ३, उपमेयर २, वडाध्यक्ष ७ र वडा सदस्य पदका ११ जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्र्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मेयरतर्फ राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र रुपमा उठेकी केमुना ओडारी (मैनाली) ले उम्मेदवारी फिर्ता लिएकी छन्।

यस्तै, उपमेयरतर्फ नेपाल परिवार दलकी दीपा पोखरेल र स्वतन्त्र उम्मेदवार उद्वव प्रसाद कोइरालाले आफ्नो फिर्ता लिएको कार्यालय सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। उनले विभिन्न दलका ११ जना वडाध्यक्षले समेत उम्मेदवारी फिर्ता लिएका जानकारी दिए।

कुल ७४४ मध्ये २३ जनाको उम्मेदवारी फिर्ता हुँदा अब विराटनगरमा ९७ पदका लागि हुने निर्वाचनमा ७२१ जनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।

उम्मेदवारहरूलाई निर्वाचन चिह्न भने १७ गते शनिबार गते प्रदान गरिने कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved