उम्मेदवारी फिर्ता गराउन चितवन पुगेका गृहमन्त्रीलाई जगन्नाथ पौडेलको जवाफ–बरु रेनुको फिर्ता गराउनुहोस्

भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका छन्।

नेपालभ्युज

उम्मेदवारी फिर्ता गराउन चितवन पुगेका गृहमन्त्रीलाई जगन्नाथ पौडेलको जवाफ–बरु रेनुको फिर्ता गराउनुहोस्

चितवन। भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका छन्। आफूलाई फकाएर उम्मेदवारी फिर्ता गराउन आएका गृहमन्त्री बालकृष्ण खाँणलाई बागी उम्मेदवार पौडेलले यस्तो आग्रह गरेका हुन्।

सत्तागठबन्धनले चितवनमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहाललाई उम्मेदवार बनाएपछि आक्रोशित कांग्रेस नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन्। कांग्रेसका नेता पौडेलले बागी उम्मेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन पुगेका हुन्।

सत्तागठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन्। खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गरे। त्यसपछि आफूलाई फकाउन आफ्नो निवास भरतपुर–७ स्थित पिपल चोक आएका गृहमन्त्री खाँणसँग पौडेलले उम्मेदवारी फिर्ता नगर्ने अडान राखे।

उनले सञ्चारकर्मीसँग भने, ‘‘म फिर्ता गर्नेवाला छैन। किनभने यो सामूहिक कुरा, सार्वजनिक कुरा भयो। होला चितवनको कांग्रेसको भावनाको कुरा छ, त्यसो भएर त्यो त्यति इजी छैन भनेर मैले भनेँ। बरु मैले रेणु दाहालको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेको छु।’’

बागी उम्मेदवारी दिएका उम्मेदवारले १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved