इङ्लिस प्रिमियर लिग- एभर्टनविरुद्ध लिभरपुलको सहज जित

इङ्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पारेको छ। लिभरपुलले एभर्टनविरुद्ध २–० को जित हात पारेको हो। गएराति मर्सिसाइड डर्बीमा घरेलु टोली लिभरपुललाई जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक÷एक गोल गरे।

नेपालभ्युज

इङ्लिस प्रिमियर लिग- एभर्टनविरुद्ध लिभरपुलको सहज जित

एजेन्सी। इङ्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पारेको छ। लिभरपुलले एभर्टनविरुद्ध २–० को जित हात पारेको हो। गएराति मर्सिसाइड डर्बीमा घरेलु टोली लिभरपुललाई जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक÷एक गोल गरे। खेलको ६२ औँ मिनेटमा रोबर्टसनले लिभरपुललाई अग्रता दिलाएका थिए।

८५ औँ मिनेटमा ओरिगीले गोल गर्दै घरेलु टोलीलाई २–० को सहज जित दिलाए। यो जितसँगै उपाधि होड कायम राखेको लिभरपुल ३३ खेलमा ७९ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित एभर्टन ३२ खेलबाट २९ अंकका साथ १८ औं स्थानमा छ।
लिगअन्तर्गतकै अन्य खेलमा चेल्सीले वेस्टह्याम युनाइटेड तथा बर्नेलीले उल्भ्समाथि समान १–० को जित हात पार्दा ब्राइटन र साउथह्यामटनले २–२ को बराबरी खेले।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved