दुई स्वतन्त्रसहित विराटनगरमा ५१ जनाको उम्मेदवारी

नेपालभ्युज

दुई स्वतन्त्रसहित विराटनगरमा ५१ जनाको उम्मेदवारी

विराटनगर। आसन्न स्थानीय तहको निर्वाचनका लागि मोरङको विराटनगरका लागि साँझ ५ बजेसम्म ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार महानगर प्रमुखमा ३, वडाध्यक्षमा १७ र वडा सदस्यमा ३१ जनाले मनोनयन दर्ता गराएका हुन्।

महानगर प्रमुखमा स्वतन्त्र रूपमा उमेश यादव र सक्रिय गौतम तथा जनमत पार्टीबाट अरुण कुमार मण्डलले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

उम्मेदवारी दर्ता हुने क्रम ६ बजेसम्म जारी रहने उनले जानकारी दिए। निर्वाचनका निम्ति जारी कार्यतालिकाअनुसार मनोनयन दर्ताको मिति भने ११ र १२ गतेका लागि तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved