एमालेले टुंग्यायो सुदूरपश्चिमका ९ ओटै जिल्लाका उम्मेदवार (सूचीसहित)

एमालेले टुंग्यायो सुदूरपश्चिमका ९ ओटै जिल्लाका उम्मेदवार (सूचीसहित)

धनगढी। नेकपा एमाले सुदूरपश्चिमले सबै जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ। एमाले प्रदेश सचिव धर्मराज पाठकका अनुसार कञ्चनपुरका केही पालिकाहरूबाहेक अन्य सबै जिल्लामा टुंगो लागेको हो। सबै पालिकामा सोमबार मात्र उम्मेदवारी दर्ता हुने उनले जानकारी दिए।

एमालेले कैलालीको धनगढी उपमहानगरपालिकामा हिजो नै मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राणालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

त्यसबाहेक १२ स्थानीय तहमा प्रदेश कमिटीले उम्मेदवारको टुंगो लगाएको हो। टीकापुरमा श्याम खत्री र अनुपा केसी उम्मेदवार बन्ने भएका छन्। लम्कीचुहामा महादेव बजगाई र जुना चौधरी उम्मेदवार बन्ने भएका छन्। घोडाघोडीमा ममता प्रसाद चौधरी करुणा बम उम्मेदवार बन्ने भएका छन्। गौरीगंगामा पदम सिंगाल शान्ति सिंह उम्मेदवार बन्ने भएका छन्।

त्यस्तै गोदावरी नगरपालिकामा गोकर्ण भट्ट र शारदा रोकाया उम्मेदवार बन्ने भएका छन्। भजनी नगरपालिकामा हर्क बुढा र तुलसी चौधरी, जोशीपुर गाउपालिकामा केशर बहादुर डगौरा र रमा देशी भुल, कैलारी गाउपालिकामा झुमा चौधरी र जालुराम चौधरी, बर्दगोरी गाउपालिकामा कर्ण कुवर र इन्दु चौधरी उम्मेदवार बन्ने भएका छन्।

यस्तै कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ। शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशिला सिंह, दोधारा चादनीमा राजिव खड्का, कृष्णपुरमा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने सहमति जुटेको एमाले प्रदेश कमिटीले जनाएको छ।

एमालेले भीमदत्त नगरपालिका, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका प्रमुखमा उम्मेदवार टुंग्याउन बाँकी छ। बेलौरी नगरपालिकाको मेयरमा पल्लबराज भट्ट र कमला बोहराको दाबी छ। पुनर्वासमा फैरु तामाङ र बीरबहादुर थापा (पातल), बेलडाँडीमा अक्कल विष्ट, गणेश उपाध्याय आकांक्षी छन्। यी नामहरुमा छलफल चलिरहेको बताइएको छ।

एमालेले डोटीका नौवटै स्थानीय तहमा पनि उम्मेदवार चयन गरेको छ। छनोट गरेका उम्मेदवारमा दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी, उपप्रमुखमा ?पा कठायत, शिखर नगरपालिकामा भीमबहादुर बलायर, लक्ष्मी मल्ल, पूर्वीचौकी गाउपालिकामा कृष्णकुमार खड्का, शारदा साउद, बडिकेदार गाउपालिकामा चक्रबहादुर घर्ती, सपना सिराडी, आदर्श गाउपालिकामा डम्मर वली, जानकी खड्का, बोगटान फुड्सिल गाउपालिकामा हस्तबहादुर बुढा, ज्ञानु मल्ल (बम), जोरायल गाउपालिकामा दुर्गादत्त ओझा, जमुना बोहरा, सायल गाउपालिकामा तेजबहादुर डुम्रेल, बिष्नादेवी सिंह, केआइसिंह गाउपालिकामा तेजबहादुर माझी, धनादेवी कुवरको नाम टुंगो लगाएको छ।

जिल्लाअनुसार उम्मेदवारहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved