पोखरामा नेकपा एसलाई नसघाउने भन्दै कांग्रेसका नेताहरू आन्दोलित

नेपालभ्युज

पोखरामा नेकपा एसलाई नसघाउने भन्दै कांग्रेसका नेताहरू आन्दोलित

पोखरा। नेपाली कांग्रेस पोखराका नेता तथा कार्यकर्ताहरू गठबन्धनका शीर्ष नेताहरूले पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिने निर्णयको विरोधमा आन्दोनमा उत्रिएका छन्। शनिबार मेयरको उम्मेदवार आफूहरूले पाउनुपर्ने मागसहित कांग्रेसका वडा सभापतिहरूले जिल्ला पार्टी कार्यालय अगाडि नाराबाजी गरेका छन्।

गठबन्धनभित्र पोखरा नेकपा एसलाई दिने सहमति भएपछि जिल्लामा असन्तुष्टि देखिएको छ। कांग्रेस नेताहरूले आफूलाई स्थानीय निकायमा कमजोर बनाउने गरी सहमति भएकाले केन्द्रको निर्णय नमान्ने बताए।

शनिबार महानगरपालिकाका ३३ ओटै वडाका सभापतिहरूले महानगरपालिकाको उम्मेदवार कांग्रेसको हुनुपर्ने भन्दै नाराबाजीसहित आन्दोलन गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved