धनगढी र तिलोत्तमामा विवेकशील साझाले अघि सार्‍यो प्रमुख र उपप्रमुख उम्मेदवार

नेपालभ्युज

धनगढी र तिलोत्तमामा विवेकशील साझाले अघि सार्‍यो प्रमुख र उपप्रमुख उम्मेदवार

धनगढी । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाएको छ। इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी ओझा ३४ वर्षदेखि शिक्षण पेसामा आबद्ध छिन्।

उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै २२ वर्षदेखि कैलाली र कञ्चनपुरका अतिविपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष दश जोड दुईसम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएकी छन्। त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन्।

त्यस्तै पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङ उम्मेदवारका रूपमा उभ्याएको छ। मेयरका उम्मेदवार केसी दृष्टिरोग विशेषज्ञ हुन्। तिलोत्तमा वडा नं ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारमा सेवा दिँदै आएका छन्।

त्यस्तै तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार रूपा गुरुङ एक दशकयता शिक्षण पेसामा आबद्ध छिन्। साथै उनी विभिन्न संघसंस्था र सामाजिक अभियानमा आबद्ध छिन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved