भरतपुर माओवादीलाई नछाड्ने कार्यकर्ताको अडान, जिल्ला सभापतिको कार्यालयमा तालाबन्दी

नेपालभ्युज

भरतपुर माओवादीलाई नछाड्ने कार्यकर्ताको अडान, जिल्ला सभापतिको कार्यालयमा तालाबन्दी

भरतपुर। नेपाली कांग्रेस, चितवनका नेताहरूले भरतपुर महानगरपालिका नेकपा माओवादीलाई नछाड्ने अडान लिएका छन्। शुक्रबार जिल्ला पार्टी कार्यालय कमलनगरमा भेटघाट कार्यक्रम गरी भरतपुर माओवादीलाई नछाड्ने निर्णय नेताहरूले गरेका छन्।

महानगरपालिकामा कांग्रेसको उम्मेदवार हुनुपर्ने भन्दै नेता तथा कार्यकर्ताहरूले जिल्ला सभापतिको कार्यालयमा तालाबन्दी गरेका छन्।  गठबन्धनका शीर्ष नेताहरूको छलफलले भरतपुर माओवादीलाई दिने निर्णय गरेपछि त्यसैको विरोधस्वरूप जिल्लाका नेता तथा कार्यकर्ताहरूले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

गठबन्धनका शीर्ष नेताहरूबीचको छलफलले भरतपुर महानगरपालिका नेकपा माओवादीलाई दिने निर्णय गरेपछि जिल्लामा नेताहरूले उक्त निर्णयको विरोध गर्दै आएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved