बझाङमा यसरी मिलाइयो भागबण्डा, माओवादीलाई दुई र समाजवादीलाई तीन

नेपालभ्युज

बझाङमा यसरी मिलाइयो भागबण्डा, माओवादीलाई दुई र समाजवादीलाई तीन

धनगढी। बझाङमा स्थानीय चुनावका लागि सत्ता गठबन्धनबीच भागबण्डा टुंगिएको छ। १२ स्थानीय तह रहेकोमा बझाङमा नेपाली कांग्रेसले दुई नगरपालिकासहित सात, नेकपा (एस) ले तीन र माओवादी केन्द्रले दुई स्थानीय तह पाएका छन्।

कांग्रेसको भागमा जयपृथ्वी नगरपालिका, बुगंल नगरपालिका, साइपाल गाउँपालिका, मष्टा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र बित्थडचिर गाउँपालिका परेको छ। नेकपा (एस) ले केदारस्यु गाउँपालिका, तल्कोट गाउँपालिका र थलारा गाउँपालिका पाएको छ।

यस्तै माओवादीले दुर्गाथली गाउँपालिका र छब्बिस पाथिभेरा गाउँपालिका पाएको छ।

यस्तै उप्रमुख तथा उपाध्यक्षमा नेपाली कांग्रेस ६, माओवादी केन्द्र ४ र नेकपा एसले २ पालिका पाएका छन्। बुधबार चैनपुरमा बसेको सत्ता गठबन्धनको बैठकले भागबण्डा टुंग्याएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved