जनमत पार्टीले टुंग्यायो उम्मेदवार, कसैसँग गठबन्धन नगर्ने

नेपालभ्युज

जनमत पार्टीले टुंग्यायो उम्मेदवार, कसैसँग गठबन्धन नगर्ने

जनकपुरधाम। तराईमधेशमा सक्रिया जनमत पार्टीले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ। सोमबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकबाट उम्मेदवारको टुंगो लगाएको हो।

जनमत पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले ३० जिल्लाबाट आएका पार्टीका नेताहरूले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको जानकारी दिए।

महासचिव सिंहले विभिन्न पालिकामा एकभन्दा बढी आंकाक्षी रहे पनि मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसहित सदस्यहरूको नाम टुंगो लागेको जनाए।उनले एक ढिक्का भएर उत्साहका साथ सबै नेता कार्यकर्ताहरूले चुनावमा जाने निणर्य भएको बताए।

उनले सबै पालिकाको उम्मेदवारहरूको चयन प्रक्रिया समाप्त भएपछि उम्मेदवारको नाम औपचारिक रुपमै सार्वजनिक गरिने जानकारी दिए। मधेश प्रदेशको एक महानगर, तीन उपमहानगर र पालिकाहरूको सर्वसम्मत रुपमै टुंगो लागेको समेत जनाउँदै सिंहले मधेश प्रदेश, प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही ठाउँमा उम्मेदवारी दर्ता गराइने जानकारी दिए।

महासचिव सिंहले जनमत पार्टीले अन्य कुनै पनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने समेत स्पष्ट पारे। उनले भने, “गठबन्धनका घटक दलहरूभित्र अहिले असन्तुष्टि रहेकोले आफ्नो पार्टीले गठबन्धन गरेमा पार्टीलाई घाटा हुन्छ। त्यसैले हामी कसैसँग गठबन्धन वा तालमेल गर्ने योजना बनाएका छैनौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved