दलहरुबीच सिट बाँडफाँट गर्न गठबन्धन कार्यदललाई शीर्ष नेताको निर्देशन

बालुवाटार बैठकले भोलिसम्म देशभरका ६ ओटै महानगरसहितका पालिकाको तालमेल टुंग्याउने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

नेपालभ्युज

दलहरुबीच सिट बाँडफाँट गर्न गठबन्धन कार्यदललाई शीर्ष नेताको निर्देशन
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दलका शीर्ष नेताहरुले स्थानीय चुनावका लागि सिट बाँडफाँट गर्न सत्तापक्षीय कार्यदललाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेपछि उनीहरुले कार्यदललाई निर्देशन दिएका हुन्।

बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी थिए।

सिट बाँडफाँटको निर्देशन पाएको कार्यदलको बैठक केही बेरमा (दिउँसो एक बजे) बस्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए। उक्त बैठकले पार्टीगत भागबण्डा टुंग्याउने उनले बताए।

बालुवाटार बैठकले भोलिसम्म देशभरका ६ ओटै महानगरसहितका पालिकाको तालमेल टुंग्याउने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। बैठकले सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने पनि निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved