दूधको गाडीमा लुकाएर ल्याइएको २५ बोरा युरिया मल बरामद

नेपालभ्युज

दूधको गाडीमा लुकाएर ल्याइएको २५ बोरा युरिया मल बरामद

जनकपुरधाम । दूधको ट्यांकरबाट युरिया मल बरामद गरिएको छ।

दूध बोक्ने ट्यांकरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सर्लाहीबाट युरिया मल बरामद गरेको हो। सर्लाहीको बागमती नगरपालिका वडा नम्बर २ स्थित गुम्बा चोकबाट शंका लागि चेकजाँच गर्दा ना६ख१०६६ नम्बरको दूध बोक्ने ट्यांकर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

सहायक प्रहरी निरीक्षक योगराज थापा नेतृत्वको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा ट्यांकरभित्रका ३ खण्डमध्ये १ खण्डमा २५ बोरा युरिया मल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद युरिया मलको २५ हजार र २० लाख मूल्य बराबरको गाडी नियन्त्रणमा लिई भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved