काठमाडौं । पहिलो हाफमै तीन गोल गर्न सफल लिभरपुल म्यानचेस्टर सिटीलाई हराउँदै एफ ए कपको फाइनलमा पुगेको छ।
शनिबार राति सकिएको पहिलो सेमिफाइनल खेलमा लिभरपुल सिटीमाथि ३-२ गोलअन्तरले विजयी भयो। वेम्बली स्टेडियमा भएको प्रतिस्पर्धातम्क खेलको नवौं मिनेटमै इब्राहिम कोनाटेले लिभरपुललाई अग्रता दिलाएका थए।
त्यसपछि साडियो मानेले १७ र ४५ मिनेटम गोल गर्दै लिभरपुललाई पहिलो हाफमै ३-० को अवस्थामा पुर्याएका थिए। तर दोस्रो हाफमा ज्याक ग्रेलिसले ४७ मिनेटमा गोल गर्दै सिटीलाई ३-१ को अवस्थामा ल्याएका थिए। निर्धारित समयपछि थपिएको सयमा बर्नान्डो सिल्भाले अर्को गोल थपे पनि सिटीले हार टार्न सकेन।
पहिलो हाफमा कमजोर देखिएको सिटीले दोस्रो हाफमा भने सुधारिएको खेल पस्केको थियो।
जितपछि अब लिभरपुलले भोलि राति हुने चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।
Facebook Comment
Comment