अर्जुन दासको हत्या प्रकरण : भागेर भारत गएका अभियुक्त चार महीनापछि पक्राउ

नेपालभ्युज

अर्जुन दासको हत्या प्रकरण : भागेर भारत गएका अभियुक्त चार महीनापछि पक्राउ

धनगढी। कैलालीमा गत पुस पहिलो साता भएको अर्जुन दासको हत्या प्रकरणमा चार जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको घाँटी रेटेर हत्या गरिएको छ।

घटनाको चार महीनापछि प्रहरीले सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

दास हत्याको मुख्य अभियुक्त मनोज भण्डारी रहेको प्रहरीले बताएको छ। हत्यापछि मनोजले एक जनालाई फोन गरी आफूले हत्या गरेको जनाएका थिए। उनको भारतबाट आफूले हत्या गरेको र प्रहरीलाई पक्राउ गर्न चुनौती दिएको भिडिओ सार्वजनिक भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved