राष्ट्रपतिले भनिन् : बर्सेनि हजारौं विद्यार्थी विदेश पलायन भए, रोक्नुपर्छ

नेपालभ्युज

राष्ट्रपतिले भनिन् : बर्सेनि हजारौं विद्यार्थी विदेश पलायन भए, रोक्नुपर्छ
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरूलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन्।

शुक्रबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा शुरु आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालबाट उच्च शिक्षाका लागि बर्सेनि हजारौँ विद्यार्थी विदेश पलायन भइरहेको भन्दै यसक्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्थाहरू निर्माण गरी विदेशी विद्यार्थीहरूको अध्ययनको गन्तव्य बनाउन सकिने बताइन्।

राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्न सके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताइन्। स्वदेशमै उच्च शिक्षा दिन सके स्वावलम्वी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरिन्।

कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कूलपतिहरूलाई सरकारले निर्माण गरेका विश्वविद्यालयहरूलाई आफ्नै विश्वविद्यालय ठानेर हेलचेक्राँइ नगर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved