ओली उपस्थित सभामा जाने क्रममा डुबेर मृत्यु भएका किशोरको वार्षिक स्मृति सभा गरिने

नेपालभ्युज

ओली उपस्थित सभामा जाने क्रममा डुबेर मृत्यु भएका किशोरको वार्षिक स्मृति सभा गरिने

धनगढी । २८ चैतमा बझाङको चैनपुरस्थित बउली खोलामा डुबेर मृत्यु भएका किशोरको सम्झनामा नेकपा एमाले बित्थडचिर गाउँपालिकाले वार्षिक स्मृति दिवस गर्ने निर्णय गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित जनसभा हेर्न गएका बित्थडचिर गाउँपालिका-४ देउलेख घर भएका १८ वर्षीय कमल बोहराको खोलामा डुबेर मृत्यु भएको थियो।

गाउँपालिका वडा नम्बर ४ वडा कमिटी सदस्यसमेत रहेका बोहराको कार्यक्रममा सहभागी हुन गएका क्रममा मृत्यु भएपछि हरेक वर्ष २८ चैतमा स्मृति सभा गर्ने निर्णय गरेको गाउँपालिका कमिटी अध्यक्ष दीपेन्द्र बोहराले बताए ।

उनको सम्झनामा कमल बहादुर बोहरा स्मृति क्लबसमेत स्थापना गरिने उनले जानकारी दिए।

एमाले जिल्ला कमिटी र गाउँपालिका कमिटीले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जलि व्यक्त गरेको छ। साथै पीडित परिवारलाई उचित व्यवस्थापनका लागि सहयोग गर्ने एमाले जिल्ला कमिटीले जनाएको छ।

सोमबार दिउँसो करीब ४ बजे कार्यक्रम चलिरहेको समयमा खोलामा डुबेका उनको समयमै उद्धार नभएकाले घटनास्थलमै मृत्यु भएको थियो। बोहराको मंगलबार सेती नदीमा अन्तिम दाहसंस्कार गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved