पूर्वी नवलपरासी। देवचुली नगरपालिकामा नेपाली कांग्रेसका १२ जना मेयरका आकांक्षी देखिएका छन्।
पूर्वमहामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य विनोद चौधरी र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलगायत हेभिवेट नेताहरूको निर्वाचन क्षेत्र रहेकाले नवलपुरलाई चासोका साथ हेरिएको छ।
पार्टी सभापति शेरबहादुर देउवानिकटका अशोक बस्ताकोटी मात्र मेयरको दौडमा रहेका छन् भने पूर्वमहामन्त्री कोइराला पक्षधर आठ नेताहरू टिकटका लागि प्रतिस्पर्धामा छन्।
यहाँ कोइरालानिकट धर्मराज बस्याल, विण्णुप्रसाद भुषाल, रेशमलाल सापकोटा, गौरीश्वर न्यौपान, देवराज लामिछाने, क्याप्टेन डिल बहादुर खत्री, रविलाल सापकोटा, उदयराज अधिकारी आकांक्षी छन् ।
त्यसैगरी जिल्ला सभापति महेन्द्रध्वज जिसीनिकट मानिने भोजेन्द्र रायमाझी, ढाकाराम भट्टराई र डिल्लीराम कडेरिया पनि चुनावी दौडमा छन्।
Facebook Comment
Comment