प्रचण्डको भाइ भएर अवसर पाएको होइन, गुमाएको छु : नारायण दाहाल

दाहालले आफू अध्यक्षसँगै पार्टीको हरेक मोर्चामा शुरुआती दिनदेखि निरन्तर काम गरिरहेको र अहिले पनि पार्टीले तोकेको जिम्मेवारीमै रहेको बताए।

नेपालभ्युज

प्रचण्डको भाइ भएर अवसर पाएको होइन, गुमाएको छु : नारायण दाहाल

काठमाडौं। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य बनेका नारायण दाहालले आफूले पाउनुपर्ने अवसरहरु नपाएको बताएका छन्।

दाहालले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएका कारण आफूमा भएको योगदान र क्षमताअनुसार आएका अवसरहरु समेत गुमाएको दाबी गरेका हुन्।

राष्ट्रियसभा सदस्यको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू प्रचण्ड परिवारबाट भएकै कारण धेरै अवसरहरु गुमाउनु परेको बताए। उनले भने, “म अध्यक्ष प्रचण्डको पारिवारिक सदस्य भएकै कारण धेरै अवसरहरु गुमाएको छु।”

दाहालले आफू प्रचण्डसँगै एकैदिन पार्टीमा हिँडेको बताए। उनले आफू अध्यक्षसँगै पार्टीको हरेक मोर्चामा शुरुआती दिनदेखि निरन्तर काम गरिरहेको र अहिले पनि पार्टीले तोकेको जिम्मेवारीमै रहेको बताए।

“माओवादी सशस्त्र विद्रोहमा म मात्र होइन, मेरो परिवारका सबै सदस्य लागेका हुन्। म आफै निरन्तर पार्टीमा सक्रिय रहेको छु,” उनले भने, “हाम्रो परिवारमा अध्यक्षकै छोराछोरीदेखि मेरो छोरा, बुहारी, श्रीमती सबै हामी युद्धमै थियौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved