भरतपुरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने

सत्ता साझेदार दलहरूले साझा उम्मेदवार उठाउने बताए पनि गठबन्धनबाट उम्मेदवार तय भइसकेको छैन।

नेपालभ्युज

भरतपुरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने
फाइल तस्वीर

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले पूर्वजिल्ला अध्यक्ष चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभा सदस्य विजय सुवेदीलाई टिकट दिने लगभग पक्का भएको छ। चितवन क्षेत्र नम्बर २ बाट एमालेमा सांसद विजयी कृष्णभक्त पोखरेलका अनुसार सुवेदीलाई एमालेले मेयरको टिकट दिन लागेको हो।

आइतबार भरतपुरको मेयरका लागि नाम सिफारिस गर्न महानगरपालिका कमिटीको बैठक बसेको थियो। बैठकले सर्वसम्मत रूपमा सुवेदीको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

यता सत्ता साझेदार दलहरूले साझा उम्मेदवार उठाउने बताए पनि गठबन्धनबाट उम्मेदवार तय भइसकेको छैन। नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा दाबी गरिरहेको छ भने नेकपा माओवादी केन्द्रबाट विजयी हालकी मेयर रेणु दाहालको पनि दाबी यथावत रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved