अमेरिकाले आफ्नो सरकार ढाल्न खोजेको पाकिस्तानी प्रधानमन्त्री खानको आरोप

नेपालभ्युज

अमेरिकाले आफ्नो सरकार ढाल्न खोजेको पाकिस्तानी प्रधानमन्त्री खानको आरोप

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सरकार गिराउन विपक्षीहरूसँग मिलेर काम गरेको आरोप लगाएका छन्। पटकपटक अमेरिकाले आफ्नो सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताएका उनले शुक्रबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै फेरि यस्तो आरोप दोहोर्याएका हुन्।

उनले अविश्वासको प्रस्ताव अमेरिकी षडयन्त्रसँग जोडिएको तर्क गरे। गत महीना एक वरिष्ठ अमेरिकी अधिकारी र वासिङ्टनका लागि पाकिस्तानका राजदूत असद माजिद खानबीच विवाद भएको थियो। त्यसयता प्रधानमन्त्री खानले यस्तो अभिव्यक्ति दिँदै आएका छन्।

असद माजिद खानले पाकिस्तानलाई अमेरिकी अधिकारीले प्रधानमन्त्री इमरान खानप्रति असन्तुष्टि व्यक्त गरेको बताएका थिए। अविश्वासको मतमार्फत उनलाई पदबाट हटाएमा अमेरिका र पाकिस्तानबीचको सम्बन्धमा सुधार आउने बताए।

पाकिस्तानका विपक्षी दल, मिडिया र विश्लेषकहरूले इमरान खानको यो आरोपलाई बढी गम्भीरताका साथ लिएका छैनन्। तर यो पनि सत्य हो कि पाकिस्तानमा अमेरिका विरोधी भावना धेरै उच्च छ। सामाजिक सञ्जालमा अमेरिकाले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको त्यहाँका नागरिकहरूको पनि आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved