इमरानको बहिर्गमन

करोडौंका आदर्श ती इमरान, यी असफल इमरान

कप्तान इमरानले आफ्नो राजनीतिक इनिङ्ग्सको अन्तिम ओभरमा एउटा त्यस्तो अवैध बाउन्सर फाले, जसले विपक्षी दलहरू (पीएमएल (एन), पीपीपी र एमक्युएम (पी) का नेताहरूलाई  छुन सकेन,  उल्टै आफैंलाई धरापमा पार्‍यो।

करोडौंका आदर्श ती इमरान, यी असफल इमरान

वर्ष १९९२ को विश्वकप क्रिकेटमा पाकिस्तानको राष्ट्रिय नायक थिए, इमरान खान । उनको कप्तानीमा पाकिस्तानले यस विश्वकप जितेको थियो।

उनै कप्तान इमरानले आफ्नो राजनीतिक इनिङ्ग्सको अन्तिम ओभरमा एउटा त्यस्तो अवैध बाउन्सर फाले, जसले विपक्षी दलहरू (पीएमएल (एन), पीपीपी र एमक्युएम (पी) का नेताहरूलाई  छुन सकेन,  उल्टै आफैंलाई धरापमा पार्‍यो।

यो कुनै तरिकाले उनको स्विङ् योर्कर थिएन। बरू, यसले पाकिस्तानको संविधानको धज्जी उडायो र उनलाई खेलको नियम तोडेर आफ्नो गरिमा गुमाउने कप्तानहरूको श्रेणीमा पुर्‍यायो।

४१ वर्षअघि जब बलिङमा छेडछाड गर्नुलाई अवैध मानिदैंन थियो, त्यतिबेला इमरान खानको सामना गर्नु जोकोहीलाई सहज थिएन। उनले अहिले त्यस्तो समय बलिङमा छेडछाड गरेका छन्, जतिबेला यसको अनुमति छैन।

र, संसद्मा संख्याको बलमा खेल हारेपछि उनले आफ्नो अस्तित्व बचाउनका लागि विपक्षीहरूलाई क्लिन बोल्ड गर्ने कोसिस गरे, जो लोकतन्त्रको सिद्धान्तलाई खतम गर्ने, उदांगो बनाउने प्रयास थियो। प्रधानमन्‍त्री इमरानको यस्तो कदमलाई अहिले अदालतले उल्ट्याइदिएको छ।

लण्डनमा पढाईका दौरान इमरान आफ्नो प्ले ब्वाई छविले विवादमा थिए, उनी प्रायः सुपर मोडलहरूसँगको संगतमा विलासीपूर्ण जीवन बाँच्थें। ४३ वर्षसम्म अविवाहित रहेका उनले त्यसपछि तीनपटक विवाह गरे।

आफ्नो देशको शीर्ष पदमा पुग्ने उनको यात्रा र सत्तामा टाँसिन खोज्ने प्रवृत्ति त्यस्ता काल्पनिक सिनेमाको पटकथासँग मिल्दोजुल्दो छ, जसको सच्चाई जमिनी यर्थाथबाट टाढा हुन्छ।

इमरानले राजनीतिमा जे देखाए, त्यो उनले वर्षौअघि क्रिकेटरका रूपमा बनाउको छविको ठिक विपरीत थियो। १९८९ मा लाहोरमा चिरप्रतिद्वन्द्वी भारतविरुद्धको एकदिवसिय क्रिकेटमा उनले देखाए स्पोर्टस्म्यानसिपको अहिले पनि खेल जगतमा चर्चा हुने गर्छ।

यस खेलमा वकार युनिसको बलमा श्रीनाथ एलबिडब्ल्यु धरापमा परेको गलत फैसला अम्पायरले गरेका थिए। तर, इमरानले आफ्नै प्रतिद्वन्द्वीलाई मैदानमा फिर्ता बोलाएर खेल भावना देखाए।

तर, अहिले उनको गरिमाको पतन हेर्नुस्, अब इमरानले आफ्नो कथित आश्चर्यजनक कदममार्फत संविधानलाई नै कुल्चिए।

अक्सफोर्डबाट पढेका ६९ वर्षका यी पश्तुनी नेताले २०२१ मा अविश्वास प्रस्ताव आएपछि त्यसको सामना गरेर जितेका थिए, त्यतिबेला मन्जुर भएको अविश्वासको प्रस्ताव उनलाई अहिले मन्जुर भएन। किनकी, यसपटक उनको हार तय थियो। त्यसैले मानसिकता बदलियो।

उनीसँग केवल १ सय ४२ सांसद्को मात्रै समर्थन थियो। जबकी, ३ सय ४२ सिटको संसद्मा विपक्षीसँग १ सय ९९ सिटसहितको बहुमत थियो। सत्ताधारी दलकै २४ जना सांसद् विपक्षीको कित्तामा थिए।

इमरानको नयाँ पाकिस्तानको सपना त्यतिबेलै चकनाचुर भएको थियो, जतिबेला उनको सरकार गम्भीर आर्थिक संकटसँग जुध्न, महंगी नियन्त्रण गर्न, मुद्रास्फीति रोक्न, बिग्रिएको कानून–व्यवस्था र विदेश नीतिजस्ता मुद्दामा असफल भयो।

बढ्दो महँगी र विशेषगरी चीनसँग लिइएको ऋणका कारण पनि इमरानको सरकारले जनविश्वास गुमायो।
इमरानले ‘विदेशी षड्यन्त्र’ (विशेषगरी अमेरिकाको विरोध) भन्दै जनताको सहानुभूति हासिल गर्ने कोशिश समेत गरे, यसको उद्देश्य आगामी चुनावका लागि जमिन तयार गर्नु थियो।

तर इमरानले घोषणा गरेको निर्वाचन अब सर्वोच्चको फैसलासँग नहुने भएको छ, उनले अविश्वास प्रस्ताव सामना गर्नुपर्ने फैसला अदालतले सुनाइसकेको छ।

इमरानमाथि २०१८ मा सेनाको मद्दतले चुनाव जितेको आरोप लाग्छ, तर अहिले सेनासँग पनि उनको सम्बन्ध बिग्रिएको छ। किनकी इमरानले सेनालाई समेत विभाजित गर्ने रणनीति अपनाए।

उनले आईएसआई प्रमुखको नियुक्तीमा हस्ताक्षर गर्न इन्कार गरे, यद्यपी पछि गएर त्यसमा झुक्नुप¥यो। तर, इमरान र सेनाप्रमुख जावेद बाजवाबीच दरार देखियो।

जब इमरानले अमेरिकाले षड्यन्त्र गरेको आरोप लगाए। तब, बाजबाले अमेरिका र पाकिस्तानको सम्बन्ध राम्रो रहेको भन्दै यस दाबीको खण्डन गरिदिए।

इमरान पाकिस्तानका पहिलो यस्तो प्रधानमन्त्री हुनसक्छन्, जसले सेनालाई चुनौती दिने साहस गरेपछि उनको पतनको मार्ग प्रशस्त भयो।

अर्कोतर्फ, बाजवाले एक सिद्धान्त पेश गरेका थिए, जसमा अतित भुलेर छिमेकी देशहरूसँगको सम्बन्ध सुधार्ने र आर्थिक मुद्दामा ध्यान दिनुपर्ने उल्लेख थियो।

सर्वोच्च अदालतले प्रधानमन्त्री इमरानको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको संसद् विघटनको निर्णय खारेज गरिदिएसँगै विपक्षीसामु सरकार बनाउने अवसर खुलेको छ। अब बाजवाले आफ्नो सिद्धान्तलाई अघि बढाउँदा भारतसहितका छिमेकी देशसँग पाकिस्तानको सम्बनध सुध्रनसक्छ।

संसद्मा प्रधानमन्त्री र विपक्षीबीच गतिरोध रहदाँ सेना तटस्थ थियो। तर इमरानले केवल जनावरमात्रै तटस्थ रहन्छन् भन्ने प्रतिक्रिया दिए। यस बयानले उनको नियति तय गरिदियो, यसपछि जे भयो त्यो इतिहास हो। जो बिस्तारै-बिस्तारै बाहिर आइरहेको छ।

(अमर उजाला डटकमबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved