कैलालीमा स्थानीय निर्वाचनमा तालमेल गर्न पाँच दलले बनायो कार्यदल

नेपालभ्युज

कैलालीमा स्थानीय निर्वाचनमा तालमेल गर्न पाँच दलले बनायो कार्यदल

धनगढी। सत्ता गठबन्धनमा आबद्ध ५ दलले कैलालीमा स्थानीय तह निर्वाचनमा तालमेल गर्न कार्यदल बनाएका छन्। एकीकृत समाजवादीको संसदीय दलको संसदीय दलको कार्यालयमा बसेको बैठकले १० सदस्यीय कार्यदल बनाएको हो।

कार्यदलमा नेपाली काँग्रेसका कैलाली सभापति नारायणदत्त भट्ट, एकीकृत समाजवादीका कैलाली इञ्चार्ज दीर्घ सोडारी, माओवादी केन्द्रका कैलाली इञ्चार्ज हरि ज्ञवाली, जनमोर्चातर्फबाट जगतप्रसाद जोशी र जनता समाजवादीका होरिलाल चौधरी सदस्य रहेका छन्।

पाँच वटै दलले प्रत्येक बैठकमा थप एकरएकजना सदस्य ल्याउन पाउने पनि निर्णय भएको नेपाली काँग्रेस कैलालीका सचिव केशव मिश्रले जानकारी दिए। कार्यदलको अर्को बैठक २७ गते समाजवादीको संसदीय दलको कार्यालयमा बस्ने निर्णय पनि भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved