केही मानिसले नेपाललाई श्रीलंका बनाउन खोजेका छन्, त्यो सपना पूरा हुन दिन्नँः अर्थमन्त्री शर्मा

नेपालभ्युज

केही मानिसले नेपाललाई श्रीलंका बनाउन खोजेका छन्, त्यो सपना पूरा हुन दिन्नँः अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई श्रीलंकाजस्तो हुन नदिने बताएका छन्।

उनले श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको बताए। मन्त्री शर्माले अहिले केही मानिसहरूले नेपाललाई श्रीलंका बनाउन खोज पनि आफूले उनीहरूको सपना पूरा गर्न नदिने बताए।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा उनले विलासिताका सामान सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए।

उनले मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको बताए। सरकारले बनाएका नीतिमा नै समस्या रहेको बताए। बनाएका नीति कार्यान्वयन क्षेत्रमा समस्या तथा नीतिको दुरुपयोग वा भष्टाचार भएर यस्तो भयो भन्ने कुरा अनुसन्धान गर्नूपर्ने मन्त्री शर्माले बताए।

उनले भने, ‘कतिपयलाई सहर छ नेपाललाई श्रीलंका बनाउने। ती न को सपना पूरा हुँदैन। नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन। हाम्रो ऋणको कुरालाई हेनुस्। हाम्रो उत्पादन क्षेत्रको कुरालाई हेर्नुस्। विदेशी लगानीका कुरालाई हेर्नुस्। ऋण सायताको कुरालाई हामीले हेरौं भने त्यहाँ तुलना हुने कुरा नै छैन। तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आत्कित पार्ने एक थरिहरूले गरिरहेका छन्। त्यो गलत छ। त्यसको खण्डन गर्नु पर्छ। अर्थतन्त्रमा समस्याहरू छ हामीले पनि भनिरहेका छौं। बदल्नु पर्छ तरिका भनेका छौं। चिन्ता व्यक्त गर्नेहरू जो छ उनीहरूलाई सलाम गर्नू पर्छ। दुई वटा छन यहाँ चिन्ता गर्नेहरू त्यस कारणले नेपाल श्रीलंका हुन सक्दैन। श्रीलंकासँग तुलना गर्दै जनतालाई आत्कित गर्नेहरूलाई म अपिल गर्न चाहन्छु। यस्तो प्रचारको अन्त्य गरौं हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरू केके हुन त्यसमा बहस गरौं। आवश्यकता आज यो हो।”

अहिलेको नेपालमा डलरको सञ्चिति साढे ६ महीनालाई पुग्ने भन्दै उनले यो भन्दा तल नझरोस् भनेर सर्तक रहेको पनि बताए।

“किन बढ्दै गयो भन्दा विलासिताका सामान हामीले छुट दियौं धेरै,हाम्रो स्याउहरू जुम्ला र मुगुमा कुहिएर फालियो। हामीले स्याउ आयातमा प्रोत्साहित गरौं हाम्रो गल्ती त्यहाँ भएको छ। हाम्रा आलुहरू दरदराजमा त्यतिकै फाकिएका छन्। तिनीहरूलाई बजारमा पुर्‍याउने सोच बनाएनौं। त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौं। त्यस कारणले हामीले आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौं। हाम्रो त्यादन भएको प्याजलाई राख्ने स्टोर बनाउन सकेनौं। दुई महीनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौं। यहाँ छ कुरा।हामीसँग उत्पादनको लागि सबै कुरा छ तर हामीले नीतिमा कतै कमजोरी भयो। अनुदान भने बाली अडुपौं। तर त्यो अनुदान कहाँ गयो। त्यसले किन उत्पादन वृद्धि गरेन। हाम्रो नीतिमा कतै गडबडी भयो। कार्यान्वयन क्षेत्रमा समस्या आयो। नीतिको दुरुपयोग भयो वा भष्टाचार भयो। खोज्नु पर्ने यहाँ छ। हामीले हिजो भएका कपडा अन्य उद्योगहरू बन्द गरौं। आज बाहिरबाट ल्याएर लगाइ रहेका छौं।”

त्यस्तै मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धको कारण थप समस्या आएको पनि स्वीकार गरे।

उनले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव पारेको बताए। नेपालको अर्थतन्त्रमा पछिल्लो समय अत्याधित, पेट्रोलिय पदार्थको आयात, अनाश्यक विलासिताका बस्तु आयात, चाहिनेभन्दा बढी गाडी आयात गरकाले अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री शर्माले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved