तस्वीरहरूमा हेर्नुहोस् बालबालिकालाई टाइफाइडविरुद्ध खोप

तस्वीरहरूमा हेर्नुहोस् बालबालिकालाई टाइफाइडविरुद्ध खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउन शुरु गरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार एक वर्ष तीन महीनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही चैत २५ देखि वैशाख १८ गतेसम्म यो खोप लगाइँदै छ।

खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइने र यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिने छ।

विश्व स्वास्थ्य दिवसको अवसरमा आज आयोजित टाइफाइड खोप अभियान तथा राष्ट्र खोपको नियमित खोपमा टाइफाइड खोप कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरी यो कार्यक्रमको शुरुआत गरेका थिए।

काठमाडौंको दरबार हाइस्कुलका बालबालिकाहरूलाई लगाइएको खोका केही तस्वीरहरू

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved