देशमा सुशासन भएको भए तिवारी हत्याकाण्डमा संलग्न प्रभू शाह जेलमा हुन्थे : खरेल

नेपालभ्युज

देशमा सुशासन भएको भए तिवारी हत्याकाण्डमा संलग्न प्रभू शाह जेलमा हुन्थे : खरेल

जनकपुरधाम । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा सुशासन नहुँदा दण्डहिनताको अवस्था निम्तिएको बताएका छन्। उनले हत्यारा, भ्रस्टाचारीलगायतलाई सजाय दिलाउन तथा सुशासन कायम गर्नकै लागि आफ्नो पार्टी स्थापना भएको दाबी गरे।

”म तत्कालिन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु। यदी साँच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो। हिन्दु संघ बिरगंजको अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको संलग्नता थियो,” उनले भने।

पूर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको अध्यक्षतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्यासी आर सि यादव ,जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी कडा कार्वाही गर्न सम्बन्धित निकायसँग जोडदार रुपमा माग गरे।

विभिन्न पार्टी परित्याग गरी सुशासन पार्टीमा प्रवेश गरेकाहरूलाई अध्यक्ष खरेलले टिका लगाएर स्वागत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved