त्रिकोणात्मक टी २० सिरिज नेपालको एकै ओभरमा ३ विकेट झर्‍यो

त्रिकोणात्मक टी २० सिरिजको फाइनलमा नेपालले अहिले मलेसियासँग भिडिरहेको छ। । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले चौथो विकेट गुमाएको छ।

नेपालभ्युज

त्रिकोणात्मक टी २० सिरिज नेपालको एकै ओभरमा ३ विकेट झर्‍यो

कामाडौं। त्रिकोणात्मक टी २० सिरिजको फाइनलमा नेपालले अहिले मलेसियासँग भिडिरहेको छ। । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले चौथो विकेट गुमाएको छ।

नेपालका ओपनर कुशल भर्तेल २५ रनमा आउट भए। उनले २२ बलमा पाँच चौका प्रहार गरे। जसका कारण नेपालले ३७ रनमा पहिलो विकेट गुमायो। त्यसपछि क्रिजमा आएका रोहित पौडेलपनि मात्र दुई रनमा आउट भएपछि नेपालले ४४ रनमा दोस्रो विकेट गुमायो।

नेपालको स्कोर ८३ रन हुँदा तेस्रो विकेट झर्‍यो। ओपनर आशिफ शेख व्यक्तिगत २९ रनमा आउट भए। १२ औँ ओभरको पहिलो बलमा आशिफलाई गुमाएको नेपालले दोस्रो बलमा आरिफ शेखलाई खेर फाल्यो।

उनी दुई बल खेल्दा खाता खोल्न नपाउँदै क्याच आउट भए । दुवै खेलाडीलाई सिमो कामियले आउट गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved