बसको ठक्करबाट महिलाको मृत्यु, महेन्द्रनगर बजार तनावग्रस्त

नेपालभ्युज

बसको ठक्करबाट महिलाको मृत्यु, महेन्द्रनगर बजार तनावग्रस्त

धनगढी। कञ्चनपुरमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा ना ४ ख ४४६६ नम्बरको बसको ठक्करबाट मञ्जु बुडालको मृत्यु भएको हो।

सामान किनेर बाटो पार गर्न खोज्दा बुडाललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बिहान महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको बसको ठक्करले महिलाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम चौधरीका अनुसार शान्ति निकेतन चोकमा रहेका पसलहरूमा सामान किनेर बाटो काट्ने बेला बसले ठक्कर दिएको थियो। उक्त घटनापछि बसका चालक रोशन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच महिलाको मृत्युपछि महेन्द्नगर बजार तनाव ग्रस्त भएको छ। मृतकका आफन्त तथा स्थानीयले टायर जलाएर सडकमा प्रर्दशन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved