फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि खुल्यो आवेदन

यस छात्रवृत्तिको कुल रकम ६ हजार डलर प्रतिवर्ष रहेको छ।

नेपालभ्युज

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि खुल्यो आवेदन

काठमाडौं। फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुलेको छ। यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन्।

युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनको लागि यो स्कलरशिप प्रदान गर्न लागेको हो। जसमा स्टडी ग्रुपमार्फत उक्त युनिभर्सिटीमा भर्ना गरेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन्।

यो स्कलरशिप पाउनको लागि विद्यार्थीहरुले कक्षा शुरु हुने पहिलो दिन अगाडि नै डिग्री सिकिङ स्टुडेन्टको रुपमा आवेदन दिएर हाई स्कुल डिप्लोमा अथवा सो सरह प्राप्त गर्नुपर्ने हुन्छ।

यस छात्रवृत्तिको कुल रकम ६ हजार डलर प्रतिवर्ष रहेको छ र अधिकतम २४ हजार डलर र ट्रान्स्फर अप्लिकान्टहरुको लागि अधिकतम १२ हजार डलर उपलब्ध हुनेछ।

विद्यार्थी वा स्कलर भिसामा भएको नयाँँ विद्यार्थीले आठ सेमेस्टरको लागि प्रतिवर्ष दुई हजार डलर पाउनेछन्। फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीमा भर्ना हुनको लागि उत्कृष्ट शैक्षिक पृष्ठभूमि, ३.० जीपीए र अंग्रेजीमा दख्खल आवश्यक पर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved