केही भूभागमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

नेपालभ्युज

केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावका कारण नेपालमा सामान्य प्रभाव परेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved