पत्रकारहरूमाझ गोप्य पत्र सार्वजनिक गर्दै इमरान खानले भनेः सरकार ढाल्ने विदेशी षडयन्त्र भयो

नेपालभ्युज

पत्रकारहरूमाझ गोप्य पत्र सार्वजनिक गर्दै इमरान खानले भनेः सरकार ढाल्ने विदेशी षडयन्त्र भयो

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेना प्रमुख र आईएसआईका डीजी अन्जुमसँगको भेटपछि गोप्य पत्रको विषयमा राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठक बोलाएका छन्। इमरानले गोप्य पत्र देशका वरीष्ठ पत्रकारहरूसँग सेयर गरेका छन्। सरकार ढाल्ने विदेशी षड्यन्त्र भएको उनले दाबी गरेका छन्।

इमरानले आज साँझ ७ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम थियो। पाकिस्तानी मिडियाले इमरान खानले आजै राजीनामा दिने दाबी गरिरहेका थिए तर इमरानको सरकारले त्यसलाई अस्वीकार गर्दै आएको थियो।

सबै कोलाहलबीच सेना प्रमुख कमर जावेद बाजवा र आईएसआई डीजी नदीम अन्जुम इमरानलाई भेट्न पुगेका थिए। यसपछि राजनीतिले नयाँ मोड लिएको थियो। प्रधानमन्त्रीको राष्ट्रका नाममा गर्ने सम्बोधन स्थगित भएको थियो।

बैठकअघि सबै विपक्षी दलले संयुक्त पत्रकार सम्मेलन गरेका थिए। यस पत्रकार सम्मेलनमा एमक्यूएम पार्टीले इमरान सरकार छाड्ने औपचारिक घोषणा गरेको थियो।

इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा बिहीबार अपराह्न ४ बजेदेखि बहस सुरु हुनेछ । यसका लागि वैशाख ३ र ४ गते मतदान गर्न सकिनेछ ।
इमरान खानविरुद्ध अविश्वास प्रस्तावमा बिहीबार अपराह्न ४ बजेदेखि बहस शुरु हुनेछ। यसका लागि अप्रिल ३ र ४ गते मतदान हुने जनाइएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved