भृकुटीमण्डमा चैतै दशैं ‘सस्तो मेला’, दैनिक उपभोग्य सबै सामग्री पाइने

नेपालभ्युज

भृकुटीमण्डमा चैतै दशैं ‘सस्तो मेला’, दैनिक उपभोग्य सबै सामग्री पाइने

काठमाडौं। चैते दशैंको अवसर पारेर चैत २३ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ। इभेन्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरू खरीद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो। अधिक रुचाइएको यो मेला बर्सेनि आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ। एक्स्पोमा चैते दशैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामग्रीको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरूको सहभागिता रहनेछ। यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ।

“मेलामा बजारको तुलनामा सस्तोमा सामान खरीद गर्न सकिन्छ। जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरू, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरू रहने छन्,” इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नवीन भट्टले भने।

सम्पूर्ण उपभोग्य सामाग्रीहरू एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरू सञ्चालन गरिनेछ। छाला जुत्ता तथा वस्तुहरूको मेलामा विशेष सहभागिता रहनेछ।

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरू सामान किन्न आउने र बिक्रेताहरूको पनि राम्रो जमघट हुने विश्वास इभेन्ट सोलुसनले लिएको छ।

“शपिंग गर्न उपभोक्ताहरू बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं,” इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए। ६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफूलाई आवश्यक पर्ने वस्तु खरीद गर्ने आकलन इभेन्ट सोलुसनको छ।

बर्सेनि आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ। स्टक क्लियरेन्स मेला चैत २७ गते चैते दशैंका दिनसम्म सञ्चालन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved