‘कोडा’ले जित्यो ओस्कर २०२१ को अवार्ड, ‘जेन’ उत्कृष्ट निर्देशक (सूचीसहित)

नेपालभ्युज

‘कोडा’ले जित्यो ओस्कर २०२१ को अवार्ड, ‘जेन’ उत्कृष्ट निर्देशक (सूचीसहित)

काठमाडौं। फिल्म क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार ओस्कर एकेडेमी अवार्डअन्तर्गतको ९४ औँ संस्करणका विजेताहरू घोषणा भएको छ। क्यालिफोर्नियाको डल्बी थिएटरमा अवार्ड वितरण समारोह चलिरहेको छ।

ओस्करको यस संस्करणमा उत्कृष्ट निर्देशकको अवार्ड द पावर अफ द गडकी जेन क्याम्पियनले जितिन्। यस्तै उत्कृष्ट अभिनेता अवार्ड किङ रिचार्डबाट विल स्मिथ र उत्कृष्ट अभिनेत्री अवार्डबाट द आइज अफ टेमी फेईबाट जेसिका चेस्टिनले जितिन्। यस वर्षको उत्कृष्ट फिल्म कोडा र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड ड्राइभ माई कारले हात पारे।

फिल्म डुनले सबैभन्दा बढी ६ र कोडाले तीन विधामा अवार्ड जितेको छ।

यस्तो छ विजेताको सूची:

अन्तराष्ट्रिय फिचर फिल्म: ड्राइभ माई कार

उत्कृष्ट फिल्म: कोडा

उत्कृष्ट निर्देशक: जेन क्याम्पियन (द पावर अफ द डग)

उत्कृष्ट अभिनेता: विल स्मिथ (किङ रिचार्ड)

उत्कृष्ट अभिनेत्री: जेसिका चास्टेन (द आइज अफ टेमी फेई)

उत्कृष्ट सहअभिनेता: ट्रोय कटसर (कोडा)

उत्कृष्ट सहअभिनेत्री: अरियाना डेबेस (वेस्ट साइड स्टोरी)

एनिमेटेड फिचर फिल्म: इन्कान्टो

सिनेम्याटोग्राफी: डुन (ग्रिग फ्रेसर)

कस्ट्युम डिजाइन: इन्कान्टो

डकुमेन्ट्री फिचर: समर अफ सोल

डकुमेन्ट्री सर्ट सब्जेक्ट: द क्वीन अफ बास्केटबल

मेकअप एण्ड हेयर स्टाइलिङ: द आइज अफ टेमी फेई

प्रोडक्सन डिजाइन: डुन

सर्ट फिल्म (एनिमेटेड):  द विन्डशिल्ड वाइपर

सर्ट फिल्म (लाइभ एक्सन): लङ गुडबाई

ओरिजिनल सङ: नो टाइम टु डाइ

साउन्ड: डुन

भिजुअल इफेक्ट्स: डुन

फिल्म सम्पादन: डुन (जो वाकर)

ओरिजिनल स्क्रिनप्रले: बेल फास्ट (केनिथ ब्रनाघ)

एडप्टेड स्क्रिनप्ले: कोडा (सियान हेडर)

ओरिजिनल स्कोर: डुन (ह्यान्स जिमर)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved