इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

बन्नेटले अस्वस्थ महसुस गरेपछि एकान्तबासमै रहेर आफ्ना काम गरिरहेका र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेका जनाइएको छ।

नेपालभ्युज

इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं। इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको संक्रमण भएको छ।

प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसँगको भेटवार्ता लगत्तै उनलाई संक्रमण पुष्टि भएको हो।

“हिस्टोरिक समिट” का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन्। भेट इजरायलको जेरुसेलममै भएको थियो।

बन्नेटले अस्वस्थ महसुस गरेपछि एकान्तबासमै रहेर आफ्ना काम गरिरहेका र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेका जनाइएको छ।

उनी त्यसअघि इजरायलकै उत्तरी शहर हाडेराको भ्रमणमा पनि गएका थिए। त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए।

घटनाका बारेमा उनले आइतबार राति रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved