टी–२० सिरिज – पीएनजीविरुद्ध जीतको लक्ष्यमा नेपाल

नेपालले टी–२० सिरिजको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा पपुवा न्यूगिनि (पीएनजी)सँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दुवै खेलमा हार बेहोरेको नेपाले सोही देशसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालभ्युज

टी–२० सिरिज – पीएनजीविरुद्ध जीतको लक्ष्यमा नेपाल

काठमाडौं। नेपालले टी–२० सिरिजको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा पपुवा न्यूगिनि (पीएनजी)सँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दुवै खेलमा हार बेहोरेको नेपाले सोही देशसँग प्रतिस्पर्धा गर्न लागेको हो।

त्रिवि क्रिकेट मैदानमा दिउँसो साँढे १२ बजे सुरु हुने खेलमा नेपालका लागि यसअघिका हारहरूको बदला लिने अवसर छ। त्यसैले नेपाली टोली जीतको लक्ष्यसहित मैदान उत्रिनेछ।

पहिलो एक दिवसीय खेलमा पीएनजीसँग ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा तीन विकेटले हारेको थियो।

नेपालले एक दिवसीय र टी–२० का लागि दुई फरक टोली बनाएको छ। चैत्त २१ गतेसम्म आयोजना हुने त्रिदेसीय टी–२० सिरिजमा नेपाल, पीएनजीसहित मलेसियाको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved