दुर्लभ एक सिंगे गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन्।

नेपालभ्युज

दुर्लभ एक सिंगे गैँडा मृत फेला

चितवन। दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ। माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करीब ३ सय मिटर उत्तरमा मृत गैंडा भेटिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करीब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो। गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन्। तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिनुभयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved