लुम्बिनीमा आलोपालो नेतृत्वको सहमति कार्यान्वयन गर्न कांग्रेसको माग

नेपालभ्युज

लुम्बिनीमा आलोपालो नेतृत्वको सहमति कार्यान्वयन गर्न कांग्रेसको माग

बुटवल । लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच आलोपालो सरकार चलाउने गरी भएको सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको छ।

एमाले नेतृत्वको सरकार विस्थापित गर्दा गठबन्धन दलका नेताहरुबीच भएको  सहमति पालन हुनुपर्ने भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको हो।

नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भद्र सहमतिका आधारमा मुख्यमन्त्रीको आलोपालो विषयलाई लिएर नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र पठाउने निर्णय गरिएको संसदीय दलको प्रमुख सचेतक फखरुद्दिन खानले बताए। उनले आइतबार पत्र पठाइने बताए।

उनले भने,‘‘नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठकले भद्र सहमति कार्यान्वयन गराउनको लागि केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्र पठाउने निर्णय गरिएको हो।’’

सहमति कार्यावन्यन भएमा लुम्बिनी प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले सरकारको नेतृत्व छाड्नुपर्ने छ। सहमति पालना भएमा अब नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved