सेन्साई को ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना सार्वजनिक

नेपालभ्युज

सेन्साई को ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना सार्वजनिक

काठमाडौं। जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरूको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

उक्त योजनाअन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरू जित्न सकिने कम्पनीले जनाएको छ। यस वर्ष सेन्साईले आफ्नो भाग्य चम्काउने मौका दिएको छ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत ११ जना भाग्यशालीले बम्पर उपहारका साथै अरू आकर्षक उपहारहरू जित्न सक्नेछन। १ भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाइक, २ भाग्यशाली ग्राहकहरूले एप्पल म्याकबूक एयर ल्यापटप, ३ भाग्यशाली ग्राहकहरूले एप्पल आइफोन १३ र ५ भाग्यशाली ग्राहकहरूले एप्पल आइप्याड जित्न सकिने छ।

साथै सेन्साईले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेण्टीहरू र निशुल्क डेलिभरी पनि प्रदान गर्नेछ।

सेन्साईका सामानहरूको खरिद गरेपश्चात् ग्राहकहरूले आफूलाई लक्की ड्रमा सहभागी गराउन SENSEI टाइप गरी आफ्नो नाम, ठेगाना र खरीद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ। कम्पनीले यो योजना चैत्र १०, २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ।

सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी ईओएल रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved