एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको रेकर्ड नै रेकर्ड

रोहितले पीएनजीविरुद्ध १०७ बल खेल्दै सात चौका र चार छक्काको मद्दतमा १२६ रन बनाएका छन्।

नेपालभ्युज

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको रेकर्ड नै रेकर्ड

काठमाडौं। नेपाली क्रिकेटका युवा ब्याटर रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाएका छन्।

रोहितले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै मात्र ९७ बलमा ११६ रन जोड्दै एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड बनाएका हुन्।

यसअघि, उक्त रेकर्ड पूर्वकप्तान पारस खड्काको नाममा रहेको थियो। उनले सन् २०१९ मा यूएईविरुद्ध सर्वाधिक ११५ रन बनाएका थिए।

आजैको खेलमार्फत पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको रेकर्ड तोडेका छन्।

मल्लको नाममा रहेको १९ खेलमा ४८० रनको रेकर्ड रोहितले तोडेका हुन्। युवा ब्याटर रोहितले १६ खेलमा नै मल्लको नाममा रहेको रेकर्ड आफ्नो नाममा लेखाएका हुन्।

आजको खेलमा शतक प्रहार गरेसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली ब्याटर पनि बनेका छन्। उनले पीएनजीविरुद्ध १०७ बल खेल्दै सात चौका र चार छक्काको मद्दतमा १२६ रन बनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved