वाङको भ्रमणपछि कम्युनिष्ट एक हुने हल्ला चलाउनु सत्ता-गठबन्धन जोगाइराख्ने खुराफात हो : सुवास नेम्वाङ

वाङको भ्रमणपछि नेपालका कम्युनिष्ट पार्टीहरू विशेषतः एमाले–माओवादी केन्द्रबीच गठबन्धन हुने हल्ला सत्तापक्षबाटै चलाइएको पनि उनले बताए।

नेपालभ्युज

वाङको भ्रमणपछि कम्युनिष्ट एक हुने हल्ला चलाउनु सत्ता-गठबन्धन जोगाइराख्ने खुराफात हो : सुवास नेम्वाङ

काठमाडौं। एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणपछि नेपाली कम्युनिष्ट पार्टीहरू एक हुने भनी चलाइएको हल्ला सत्तारुढ गठबन्धन जोगाइराख्न गरिएको ‘खुराफात’ भएको बताएका छन्।

नेपालभ्यूजसँगको कुराकानीमा वाङको भ्रमणमा नेपालका कम्युनिष्ट पार्टीहरू एकीकरण हुनेबारे कुरासम्म नहुने बताए।

“चीन, भारत, अमेरिकालगायत सबै हाम्रा राम्रा मित्रहरू हुन् तर नेपालको पार्टी जुट्ने–फुट्ने हाम्रो आन्तरिक मामिला हो,” पूर्वसभामुख नेम्वाङले भने, “चीनका विदेशमन्त्रीको भ्रमणले नेपालका कम्युनिष्टहरूलाई एकजुट बनाउँछ भन्ने तपाईंको जुन प्रश्न छ, यो विषय हाम्रो आन्तरिक मामिला हो। हामी आफ्नो विषयमा आफैँ निर्णय गर्छौं, कोही विदेशी मित्रको मुख ताक्दैनौँ।”

वाङको भ्रमणपछि नेपालका कम्युनिष्ट पार्टीहरू विशेषतः एमाले–माओवादी केन्द्रबीच गठबन्धन हुने हल्ला सत्तापक्षबाटै चलाइएको पनि उनले बताए।

“हामी गठबन्धन बनाउने विषयमा कोही पनि विदेशीसँग कुरा गर्ने इच्छा र चाहना राख्दैनौँ,” उनले भने, “यो सत्तारुढ गठबन्धनको खुराफात हो– उनीहरूको गठबन्धन जोगाइराख्न।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved