एमालेले करीब दुईतिहाइ बहुमतसाथ चुनाव जित्छ: भट्टराई

उनले भने,  ‘‘रुख ओइलाइसक्यो, कलममा मसी छैन, हँसिया हथौडा छुट्टाछुट्टै छन्, सुर्य चम्किरहेको छ। जित्ने आधार यही हो।”

नेपालभ्युज

एमालेले करीब दुईतिहाइ बहुमतसाथ चुनाव जित्छ: भट्टराई

धनगढी। नेकपा एमालेका सचिव योगेश भट्टराईले आसन्न स्थानीय निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन्। शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ६५ प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्ने दाबी गरे।

‘‘एमालेको स्पष्ट बहुमत आउँछ त्यसको आधार जनमत हो, हाम्रो जन संगठन बलियो छ,” उनले भने,  ‘‘रुख ओइलाइसक्यो, कलममा मसी छैन, हँसिया हथौडा छुट्टाछुट्टै छन्, सुर्य चम्किरहेको छ। जित्ने आधार यही हो।”

फरक प्रसंगमा उनले सरकारले वैदेशिक सन्तुलन गुमाएको  बताएका छन्। चालू आर्थिक वर्षको ८ महीनाको अवधिमा विदेशी अनुदान सहयोग सबैभन्दा न्यून आएको बताउँदै उनले गठबन्धनले मुलुक ठुलो दुर्घटनामा पुर्‍याएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved