स्थानीय निर्वाचन :

एमालेले ९ वैशाखमा घोषणापत्र ल्याउने, यस्तो छ उम्मेदवार छनोट मापदण्ड

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ। प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताए।

नेपालभ्युज

एमालेले ९ वैशाखमा घोषणापत्र ल्याउने, यस्तो छ उम्मेदवार छनोट मापदण्ड

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी ९ वैशाखमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

सोमबारदेखि काठमाडौंमा शुरु भएको पार्टी पोलिटब्यूरो बैठकले ९ वैशाखमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो।

बैठकमापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणापत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए।

एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ। स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछन्।

त्यसैगरी, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ। प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताए।

उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले निर्णय गर्नेछ। विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ।

त्यसैगरी, लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताए। भने, “कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उसको दृष्टिकोण, त्यस्तै लोकप्रियता र चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुन्छ।”

गुरुङले पार्टीमा पुर्‍याएको योगदान, पार्टीप्रतिको निष्ठा पनि मापदण्ड हुने बताए। उनले एमालेले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तह निर्वाचनको पनि घोषणा पत्र तयार गर्ने बताए।

“घोषणापत्र हामीले हाम्रो वैशाख नौ गते स्थानीय तह निर्वाचनका लागि केन्द्रीय कमिटीको तर्फबाट घोषणा पत्र जारी गर्छौं हामी,” गुरुङले भने, “त्यही दिन प्रत्येक पालिकामा हामी यसरी चुनावको घोषणापत्र, प्रतिवद्धतापत्र तयारी पारिसकेपछि स्थानीय तहको निर्वाचनमा आफ्न विभागीय कामहरुबाहेक पार्टी स्थापना दिवस मनाउने, त्यही दिन ज्येष्ठ नागरिकहरुको सम्मान गर्ने दिन पनि हुन्छ।”

पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि आवश्यक विभागहरु गठन गर्ने अनुमति आवश्यक्ता अनुसार प्रदेश र जिल्ला कमिटीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved