कर्णालीमा पाँच विधेयक प्रमाणीकरण

पालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले ती विधेयक प्रमाणीकरण गरेका हुन्।

नेपालभ्युज

कर्णालीमा पाँच विधेयक प्रमाणीकरण

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गरेका छन्।

परियारले ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गरेका हुन्।

यस्तै, उनले ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गरेका छन्।

नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले ती विधेयक प्रमाणीकरण गरेका कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved