विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलले गरे तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। उनले आइतबार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रमाणीकरण गरेका हुन्। संघीय संसदका दुवै सदनबाट पारित भएका विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved