यौन दुर्व्यवहारका आरोपी समाउन गएको प्रहरीमाथि नै आक्रमण

आक्रमणमा प्रहरी जवान उर्मिला श्रेष्ठ गम्भीर घाइते भएकी प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले नेपालभ्यूजलाई जानकारी दिए। पछाडिबाट घाँटीमा छुरा प्रहार गरिएका उर्मिलाको कोशी अस्पताल लगिएको प्रवक्ता राईले बताए।

नेपालभ्युज

यौन दुर्व्यवहारका आरोपी समाउन गएको प्रहरीमाथि नै आक्रमण

काठमाडौं। मोरङको लेटाङ-५ मा यौन दुर्व्यवहार आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको छ।

आक्रमणमा प्रहरी जवान उर्मिला श्रेष्ठ गम्भीर घाइते भएकी प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले नेपालभ्यूजलाई जानकारी दिए।

श्रेष्ठलाई पछाडिबाट घाँटीमा छुरा प्रहार भएको र कोशी अस्पतालमा उनको उपचारका लागि लगिएको प्रवक्ता राईले बताए।” उहाँको घाँटीमै छुरा प्रहार भएको छ। गम्भीर अवस्था छ। मोरङका एसपी जनार्दन जीसीसहित १८ प्रहरी घाइते छन्,’’ उनले भने।

लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको थियो।

उजुरीपछि शिक्षक मनोज पौडेललाई लिन गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो। प्रहरीले पक्राउ गरेको शिक्षकलाई आक्रोशित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति झडपमा परिणत भएको हो।

भीड नियन्त्रणका लागि प्रहरीले हवाई फायर गर्दा आक्रोशित भीडबाट बम प्रहार भएको प्रहरीको भनाइ छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved