ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाटै

नेपालभ्युज

ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाटै

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले मुद्दती निक्षेप धितोमा अनलाइनबाटै कर्जा लिन सक्ने सुविधा शुरु गरेको छ। बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरूलाई लक्षित गरी उनीहरूको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा शुरु गरेको हो।

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरूले ग्लोबल आईएमई बैंकको मोबाइल एप Global Smart Plus वा www.globalonline.gibl.com.np मार्फत् मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन्। सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ। यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन।

यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन्।

ग्लोबल आईएमई बैंक डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकहरूलाई लाभान्वित गराउन सदैव तत्पर रहिआएको छ।

बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved