एफसी चितवनले आइतबार खेलाडी छनोट गर्दै

नेपालभ्युज

एफसी चितवनले आइतबार खेलाडी छनोट गर्दै

काठमाडौँ। फुटवल क्लब एफसी चितवनले आउँदो आइतबार बिहान साढे एघार बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट (ट्यालेन्ट क्याम्प, खेलाडी छनोट) कार्यक्रम आयोजना गर्ने भएको छ।

आउँदो ८ अप्रिलबाट शरू हुने नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिस्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

चितवन फुटवल संघको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितमा फुटवल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउनेछन्। खेलाडीहरू कुनै पनि राष्ट्रियस्तरको लिग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ। यसरी छनोटमा पर्ने एक जना खेलाडीले आसन्न नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन टिमबाट प्रतिस्पर्धामा खेल्न पाउनेछन्।

एफसी चितवन आइएमई ग्रुप अन्तर्गत सञ्चालित गेम अन प्रालिको एक फुटबल क्लब हो। खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र पर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपूर मनोरन्जन पनि प्राप्त होस् भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको हो।

अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गत वर्षबाट मात्र शुरू भएको हो। प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टिमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन् बढी प्रतिस्पर्धात्मक एवम् रोमाञ्चकारी हुने देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved